इङ्लिस प्रिमियर लिग

वेस्ट ह्यामका रक्षक डसन उल्भ्समा अनुबन्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लबको उल्भ्सले रक्षक क्रेग डसनलाई अनुबन्ध गरेको छ ।

उल्भ्सले वेस्ट ह्यामबाट ३.३ मिलियन पाउण्डमा  इंग्लिस रक्षक डसनलाई अनुबन्ध गरेको हो । डसन र क्लबबीच साढे दुई वर्षको सम्झौता भएको छ ।

३२ वर्षीय डसन दुई सिजन प्रिमियर लिगको अर्को क्लब वेस्ट ह्याममा बिताएर उल्भ्स भित्रिएका हुन् । उनले वेस्ट ह्यामका लागि ८७ खेलमा पाँच गोल गरेका छन् ।