टाईगर कप

गण्डकीले पुलिसलाई सोझो सेटमा हरायो

फाइल तस्बिर

काठमाडौं । आयोजक गण्डकी प्रदेशले तेस्रो टाईगर कप  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालाको प्राङ्गणमा आइतबार सम्पन्न पुरुषतर्फको दोस्रो खेलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

गण्डकीले खेल २५-२३,२५-२० र २५-१६ ले आफ्नो पक्षमा पारेको हो । 

त्यसअघि पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई २०-२५,२५-२२,२६-२४,२५-१९ ले पराजित गरेको थियो ।

आइतबार नै सम्पन्न महिलातर्फको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले ले न्यु डायमण्ड युथ स्पोर्टस् क्लबलाई २७-२५, २५-१७, २५- २३ ले  हराउँदै विजयी सुरुआत गरेको थियो ।

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र न्यू डायमण्ड  युथ स्पोर्टस् क्लबको सहभागिता छ ।

यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश र श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब सहभागि छन् ।

महिला तथा पुरुष दुवैतर्फ उपाधी विजेतलाई समान पाँच लाख उपविजेतालाई समान नगद दुई लाख ५० हजार, तेश्रो हुनेलाई एक लाख २५  हजार तथा चौथो स्थान हासिल गर्नेलाई ६५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण प्रदान गरिने छ ।

त्यस्तै महिला तथा पुरुषतर्फ सर्वोउत्कृष्ट जनही समान २५ तथा हरेक विधाक उत्कृष्ट खेलाडी र  प्रशिक्षकलाई समान १० हजार र ट्रफी प्रदान गरिने छ ।