डिसीए कप

डिसीए कप: हिलवर्ल्डले शारदलाई हरायो

धनगढी  । धनगढीमा जारी दीपेन्द्रश्वार स्मृति डिसीए कप इन्टर स्कुल क्रिकेट प्रतियोगितामा  हिलवर्ल्ड बोर्डिङ स्कुलले  जित निकालेको छ ।

हिलवर्ल्डले आइतबार सम्पन्न पहिलो खेलामा शारदा माविलाई ४६ रनले पराजित गरेको हो ।

 हिलवर्ल्डले प्रस्तुत गरेको एक सय २१ रनको लक्ष्य पछ्याएको शारदा १४.१ ओभरमा ७४ रनमै समेटियो । शारदाका लागि प्रविन खत्रीले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंमा रन जोड्न
सकेनन् ।

 हिलवर्ल्डका भक्त साउद र सुशिल खड्काले समान तीन तथा विवेक विकले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ  रोजेको  हिलवर्ल्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २० रनको योगफल तयार पारेको थियो । हिलवर्ल्डका लागि  अमित परियारले  २५, करणसिंह धामीले २२ तथा रमेश विष्टले १० रन जोडे  ।

शारदाका सागर सिंह, पवन विष्ट र रमेश विष्टले समान दुई  विकेट लिए ।