योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता

आयोजक कोटेश्वर टिम च्याम्पियन

काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । कोटेश्वरले ११ स्वर्ण, १० रजत र १० कांस्य पदक जित्यो ।

योङ स्टार ग्रुप सहआयोजक रहेको प्रतियोगितामा १० स्वर्ण, सात रजत र तीन कांस्य पदकका साथ चन्द्रागिरी दोश्रो भयो । तेश्रो स्थानको क्षेत्रपालले तीन स्वर्ण,पाँच  रजत र दुई कांस्य पदक हात पार्यो । शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ३००, २०० र १०० अमेरिकी डलर प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा हिमालयका सविन बर्तौला तथा महिलामा कोटेश्वर ह्दयानी बस्नेत उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ५० अमेरिकी डलर पाए । उनीहरुको पुरस्कार रकम नवौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता निराजन श्रेष्ठ र निर्मल श्रेष्ठले प्रायोजन गरेका हुन् ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।