धादिङ जिल्ला लिग

धादिङ जिल्ला लिगः उद्घाटन खेलमा विद्यार्थी उपकार र धुनिवेशी भिड्ने

सांकेतिक तस्विर

काठमाडौं । धादिङ जिल्ला फुटबल संघको आयोजनामा हुने जिल्ला लिगको १०औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजकले सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा विद्यार्थी उपकार संघ र धुनिवेशी युवा समाज भिड्ने छन् । उद्घाटन खेल फागुन २७ गते (भोलि) बिहान ११ बजे सुरु हुनेछ ।

चैत्र ६ गते सम्म परानो धार्केस्थित धुनिवेसी खेल मैदानमा हुने प्रतियोगितामा १० टोली सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।