एनटिए लिग च्याम्पियनसिप

पुनम, विनिशा र विकाश पहिलो

काठमाडौं । प्रथम एनटिए लिग च्याम्पियनसिपको क्योर्गीतर्फ इचंकुनरायाण तेक्वान्दो डोजाङकी पुनम सुनुवार, कोपस तेक्वान्दो डोजाङकी विनिशा अधिकारी र कालोखोला तेक्वान्दो डोजाङका विकाश ओली पहिलो भएका छन्  ।

नेपाल तेक्वान्डो संघको आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन समाप्त हुँदा पुनम महिला १८ केजीमुनि, विनिशा महिला २१ केजिमुनि र विकाश पुरुष २० केजिमुनिमा पहिलो भएका हुन् ।

महिला १८ केजीमुनिमा तिलोत्तमा तेक्वान्दो डोजङकी साया नेपाली दोस्रो तथा इडिसिएकी प्रतिक्क्षा तामाङ र इमिलकी सन्ध्या लामिछाने तेस्रो स्थानमा रहे ।

महिला २० केजीमुनिमा नागर्जुना तेक्वान्दो डोजाङकी दुष्टिलक्ष्मी लामाले दोस्रो तथा द राइजिङ फाइटरकी प्रयत्ना तामाङ र भक्तपुर निस्टकी अंगिता दाहाले तेस्रो स्थान हासिल गरे ।

यसैगरी पुरुष २० केजीमुनिका कालो खोलाकै आयुष पोख्रेल दोस्रो तथा द च्याम्पियनका धनबहादुर राना मगर र इचंकुनारायणका क्रिस्चल महतो तेस्रो स्थानमा रहे ।