दीपक गुरुङ

व्यवसायीक खेल जिवनबाट दीपकको संन्यास

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका रक्षक दीपक गुरुङले व्यावसायीक खेल जिवनबाट संन्यास घोषणा गरेका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लबविरुद्धको खेलपछि दीपकले संन्यास घोषणा गरेका हुन् ।

हिमालयनविरुद्ध दीपकले टोलीको कप्तानी समेत गरेका थिए । खेलपछि आर्मीका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए ।

दीपकको बिदाइ खेलमा आर्मीले हिमालयनलाई १-० ले हराएको थियो ।