तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल

हिमरश्मीको दोहोरो जित

काठमाडौं । हिमरश्मीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो जित हात पारेको छ ।

हिमरश्मीले जुनियर ब्वाइज र सिनियर गर्ल्स दुवैमा जित निकाल्यो ।

मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा भएको जुनियर ब्वाइजको खेलमा हिमरश्मीले स्प्रिङ भ्यालीलाई २१-१६ ले पराजित गरेको हो । विजयी टोलीका लागि सुवोध पनेरुले ६ अंक जोडे ।

सिनियर गर्ल्समा हिमरश्मीले काठमाडौं लिङ्कनलाई २४-१८ ले हरायो । विजेता टोलीकी सुनिशा मिश्रले १० अंक जोडिन् ।

जुनियर ब्वाइजमा जीवन ज्योतिले ल्यान्डमार्कलाई १८-१०, सिद्धार्थ मोडेलले रोजमेरीलाई २१-१०, सिर्जना ज्ञान सागरले काठमाडौं शिक्षालयलाई २४-१६, काठमाडौं लिङ्कलनले लालीगुराँस विद्याकुञ्जलाई २०-१९ र प्रारम्भ वर्ल्डले एन्जल्स हार्टलाई १४-१० ले पराजित गरे ।

जीवन ज्योतिका अनमोल सिजाली मगरले ७, सिद्धार्थ मोडेलका सविर मगरले ११, सिर्जना ज्ञान सागरका प्रिन्स तामाङले ६, काठमाडौं लिङकनका वशिष्ट थापाले ८ र प्रारम्भ वर्ल्डका राकेश बुढाथोकीले चार स्कोर गरे ।

सिनियर गर्ल्समा ल्यान्डमार्कले नर्थ प्वाइन्टलाई २१-१७, स्प्रिङ भ्यालीले काठमाडौं शिक्षालयलाई १८-१२ र एन्जल्स हार्टले प्रारम्भ वर्ल्डलाई २६-२४ ले हराए ।

 ल्यान्डमार्ककी एनिशा कार्कीले आठ, स्प्रिङ भ्यालीकी सुजिना कार्कीले सात र एन्जल्स हार्टकी एलिया राईले आठ अंक जोडे ।