नेपाली फुटबल

आफ्नो भागमा पारेको टिकट महिला टोलीका खेलाडी तथा प्रशिक्षकलाई उपलब्ध गराउन एन्फा सदस्य अधिकारीको आग्रह

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फाका) कार्यसमिति सदस्य रुपेश अधिकारीले फिफा महिला विश्वकप २०२३ का लागि एन्फालाई प्राप्त टिकट वितरण तथा मापदण्डको विषयमा असहमति जनाउँदै आफ्नो भागमा परेको ६ वटा टिकट इच्छुक राष्ट्रिय महिला टोलीका खेलाडी तथा प्रशिक्षकलाई उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

अधिकारीले एन्फा अध्यक्ष पंकजव्रिकम नेम्वाङलाई पत्र लेख्दै टिकट वितरण तथा मापदण्डको विषयमा आफ्नो असहमति जनाउँदै आफ्नो भागामा परेको टिकट खेलाडी तथा प्रशिक्षकलाई उपलब्ध गराइदिन आग्रह हुन् ।

जेठ २० गते सम्पन्न आपतकालिन कार्यसमिति बैठकले  फिफा महिला विश्वकपका लागि एन्फालाई प्राप्त टिकट भागबन्डा गरेको थियो ।

केसीले विश्वकपका खेल हेर्ने सबैलाई अधिकार भए पनि राष्ट्रिय महिला टिमका खेलाडीहरु तथा प्रशिक्षकलाई अवलोकन र प्राविधिक तथा व्यवसायिक ज्ञान फुटबलको क्षमता बृद्धिलगायतका कार्यका लागि टिकटको विशेष आवश्यकता रहेको बताएका छन् ।  

यसैगरी अधिकारीका अनुसार राष्ट्रिय महिला टिमका खेलाडीहरुलाई उक्त टिकटको मापदण्ड तथा वितरणमा कुनै पनि सम्बोधन गरिएको छैन । 

‘गत वर्ष कतारमा भएको फिफा पुरुष विश्वकपमा पनि राष्ट्रिय खेलाडी तथा प्रशिक्षक कसैलाई पनि विश्वकपका खेलहरु हेर्ने अवसर प्राप्त नभएको विदितै छ । यस्तो महत्वपूर्ण अवसरहरुमा खेलाडी तथा प्रशिक्षकहरुका विषयमा सम्बोधन नगरिनु दुःखद छ । अतः आगामी सन् २०२३ जुलाई २० देखि अस्ट्रेलिया र न्यूजिल्याणन्डमा संयुक्त रुपमा आयोजना हुने महिला विश्वकपका खेलहरु अवलोकनका लागि हाल राष्ट्रिय टिममा आवद्ध महिला खेलाडीहरु, प्रशिक्षक, पूर्व महिला राष्ट्रिय खेलाडीहरुका लागि निश्चित कोटा निर्धारण गरिदिनु हुन अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ,‘ साथै उक्त बैठकको निर्णयमा केन्द्रिय सदस्यहरुको लागि भनेर निर्धारण गरिएको मेरो कोटामा रहेको ६ वटा टिकट खेल हेर्न इच्छुक महिला खेलाडी तथा प्रशिक्षकलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु ।’

यसैगरी अधिकारीले कतारमा सम्पन्न पुरुषत फिफा विश्वकपको टिकट खरिद बिक्री वितरण बारेको चार बुँदे पत्रको हालसम्म पनि मौखिक एवं लिखित कुनै पनि जानकारी प्राप्त नगरेकाले सो विषयका बारेमा पनि जानकारी गराइदिन अनुरोध गरेका छन् ।