फ्रेन्च ओपन

उपाधिका लागि जोकोभिच र रुड भिड्ने

काठमाडौं । फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधिका लागि सर्बियन स्टार नोभाक जोकोभिचले नर्वेका कास्पर रुडको सामना गर्ने भएका छन् ।

विश्व नम्बर तीन जोकोभिचले सेमिफाइनलमा विश्व नम्बर एक स्पेनिस स्टार कार्लोस अल्कारेजलाई ३-१ सेटमा पराजित गरे ।

जोकोभिचले खेल ६-५, ५-७, ६-१, ६-१ ले आफ्नो पक्षमा पारे ।

चौथो वरीयताका रुडले जर्मनीका एलेक्जेन्डर ज्वेरेभलाई ३-० को सोझो सेटमा पराजित गरेका थिए ।

रुडले खेल ६-३, ६-४ र ६-० ले आफ्नो पक्षमा पारेका हुन् ।