एकदिवसीय अभ्यास खेल

दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

फाइल तस्बिर

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोवल क्वालिफायर) को तयारीस्वरुप दोस्रो एकदिवसीय अभ्यास खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग सात विकेटले पराजित भएको थियो ।

 नेपाल नेदरल्यान्ड्सविरुद्ध जित निकाल्ने योजनामा छ ।

छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली टोली उतैबाट जिम्बावे प्रस्थान गर्नेछ  ।

जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटामा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र वेस्ट इन्डिज  गरी १० टोलको सहभागिता छ ।

नेपालले  जुन १८(असार ३) मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० (असार ५) मा अमेरिका २२ जुन (असार ७) मा वेस्ट इन्डिज र २४ जुन (असार ९) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा  श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन् ।

समूह चरणमा प्रत्यक राष्ट्र चारले खेल खेल्नेछन् । प्रत्यक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्सको शीर्ष दुई टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।