राष्ट्रिय महिला हक्की

राष्ट्रिय महिला हक्कीः आयोजक मदन भण्डारी विजयी

काठमाडौं । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रथम मदन भण्डारी कप  राष्ट्रिय महिला हक्की प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।

मदन भण्डारीले मधेश प्रदेशलाई ३-१ ले पराजित गर्यो । विजयी टोलीका लागि मधु राईले दुई तथा शोभा शर्माले एक गोल गरे । मधेशकी शुभम्ले एक गोल गरिन् ।

जनकपुरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीले पनि जित निकाले ।सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३-० ले हरायो । सुदूरपश्चिमका लागि सन्जनाकुमारी भारतीले दुई तथा नमिता एसकेले एक गोल गरे ।

आर्मीले कोशी प्रदेशमाथि ६-० को जित दर्ता गर्यो ।  आर्मीका लागि दम्मरा भट्ट, सरस्वती तामाङ, सितामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सिमा खड्काले समान एक गोल गरे ।