थ्री बाइ थ्री बास्केटबल

आर्मी महिला थ्री बाइ थ्री बास्केटबलको फाइनलमा

तनहुँ । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत थ्री बाइ थ्री महिला बास्केटबलको फाइनलमा पुगेको छ ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ८-६ को नतिजामा पराजित गर्दै विभागीय महारथीले कम्तिमा रजत पदक पक्का गरेको हो ।

प्रतियोगिताको निर्धारित समयसम्म गण्डकी र आर्मी ६-६ अंकको बराबरीमा थिए । त्यसपछि थपिएको अतिरिक्त समयमा सिवाङ्गी लिम्बु र जेनिसा श्रेष्ठले अंक जोड्दै आर्मीलाई फाइनलमा स्कोर गदै टोलीलाई ८-६ को अग्रता दिलाएका थिए ।

आर्मी लिग चरणमा अपराजित रहँदै  सेमिफाइनलमा पुगेको थियो । गण्डकी एक जित र एक हारसहित सेमिफाइनलमा पुगेको थियो ।

मंगलबार नै हुने दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको (एपिएफ) क्लब र बागमती प्रदेश भिड्ने छन् ।