पोखरा । गण्डकी प्रदेशका धावक अनिष थापामगरले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको म्याराथनमा स्वर्ण पदक जितेका छन् । मंगलबार बिहान भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते ।

निर्धारित दूरी पार गर्न २ घण्टा २३ मिनेट १४ सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । २ घण्टा ३० मिनेट ५४ सेकेन्ड खर्चिएका सशस्त्र प्रहरी बल (एपिएफ)का सन्तोषविक्रम विष्टले कास्य पदक जितेका छन् ।
मंगलबार बिहाननै भएको पुरुष ४०० मिटर दौडमा आर्मीकै सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । यस्तै, सोही इभेन्टमा एपिएफकी रमिताकुमारी थारुले पनि कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
