युरो कप अन्तरविद्यालय बास्केटबल

सेब र दीक्षालयलाइ युरो कप बास्केटबलको उपाधि

काठमाडौं । सामाखुशी इङ्लिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सेब सिनियर ब्वाइज तथा दीक्षालय सिनियर गर्ल्समा च्याम्पियन बने ।

हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा शुक्रबार भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाइ ५७-३७ ले पराजित गर्यो । सेबका रोशन घलेले १६ अंक जोडे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा दीक्षालयले काष्ठमण्डप विद्यालयलाइ २३-१० ले हरायो । दीक्षालयकी पेम्बा शेर्पाले १२ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोशन र पेम्बा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

स्टाफमा आयोजक युरोले उपाधि चुम्यो । युरोले फाइनलमा त्रिज्योतिलाइ २१-१८ ले पाखा लगायो । युरोका सेसिल चक्रधर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाइ नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक÷प्रिन्सिपल शैलाजा अधिकारी, युरोकी भाइस प्रिन्सिपल एन्जेला तामाङलगायतले एक काइक्रमबीच पुरस्कृत गरे ।

भदौ ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १८ तथा गर्ल्समा १२ टिमले लिग कम नकआउट पद्दतिमा प्रतिस्पर्धा गरेका थिए ।