केभीकेएसएस अन्तरविद्यालय बास्केटबल

एचएचसी क्वार्टरफाइनलमा

काठमाडौं । एचएचसिए चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा एचएचसिएले रिलायन्स पब्लिकलाइ ३०-११ ले पराजित   गर्यो । एचएचसिएकी सरा घलेले १४ अंक जोडिन् ।

टीआइएले लालीगुराँस नेसनल एकेडेमीबाट वाकओभर पाउदै क्वार्टरफाइनलमा पुग्यो । केभीकेएसएस, पृथ्वी, भ्याली पब्लिक र तिरुपति पनि क्वार्टरफाइनलमा पुगे ।

सिनियर ब्वाइजमा स्कोलर्स होमले केभीकेएसएस ‘ए’ लाई ३३-२२, एचएचसिएले प्राण्जलीलाइ १७-१५, रिलायन्स पब्लिकले संस्कृतिलाइ २८-२२ तथा फ्लोरोसेन्टले लिटिल फ्लावरलाइ १८-९ ले हराउदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।