नेपालको केन्या भ्रमण

आसिफको सतकप्रेरित नेपालको सहज जित

नौरबी । ओपनर आसिफ शेखको सतकप्रेरित नेपालले पहिलो एकदिवसीय खेलमा केन्यामाथि सात विकेटको सहज जित निकालेको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर दुई सय २१ रन बनायो ।

नेपालको जितमा ओपनर आसिफले सतकीय इनिङ खेले । आसिफले एक सय २० बलमा १२ चौका र दुई छक्कासहित एक सय १० रन बनाए । नेपाली टिमको खातामा अर्का ओपनर अर्जुन साउदले ६१ रन थपे । अर्जुनले ९७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यसबाहेक, ज्ञानेन्द्र मल्लले २४ रन बनाउदा दीपेन्द्रसिंह ऐरीले १५ र कप्तान रोहितकुमार पौडेल तीन रनमा अविजित रहे ।

केन्याका रकिब, कोलिन्स र विशिल पटेलले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक दुई सय १८ रनको योगफल तयार गरेको थियो ।

केन्याका रकेब पटेल ६७ र कोलिन्स ओबुयाले ६२ रन अर्धसतकीय इनिङ खेलेका थिए । घरेलु टिमका इर्फान करिमले ३० रन सचिन भुडिया २६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका सोमपाल कामी र करण केसीले समान तीन विकेट लिए । यसबाहेक, आदिल अन्सारी र पवन सर्राफले एक-एक विकेट हात पारे ।

नेपालले केन्यासँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । जितसँगै नेपालले शृंखला १-० को अग्रता लिएको छ । यसअघि भएको पाँच खेलको ट्वान्टी २० शृंखला नेपालले ३-२ ले जितेको थियो ।