नेपालको केन्या भ्रमण

ओपनर आसिफको सतक, नेपाल जित उन्मुख

नौरबी । ओपनर आसिफ शेखले सतक बनाएपछि केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा लक्ष्य पछ्याइरहेको नेपालले जित नजिक पुगेको छ ।

केन्याले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याइरहेको नेपालको तर्फबाट आसिफले एक सय १० बलमा ११ चौका र दुई छक्कासहित एक सय रन पूरा गरे । आसिफ अहिले एक सय आठ रनमा खेलिरहेका छन् ।

४१ ओभरको खेल सकिदा नेपालले एक विकेट गुमाएर एक सय ९२ रन बनाएको छ । आसिफसँगै मैदानमा ज्ञानेन्द्र मल्ल छन् । उनी ३७ बलमा १५ रन बनाएर खेलिरहेका छन् ।

यसअघि नेपालका अर्का ओपनर अर्जुन साउद ६१ रन बनाएर आउट भएका थिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक दुई सय १८ रनको योगफल तयार गरेको थियो ।

नेपालले केन्यासँग तीन खेलको एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ ।