एक्सेल्सियर कप

एक्सेल्सियर कपः ज्ञानोदय र संस्कृति क्वार्टरफाइनलमा

काठमाडौं । ज्ञानोदय बालवाटिका र संस्कृति १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गर्ल्स बास्केटबलमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित आयोजक द एक्सिेल्सियर स्कुलको कोर्टमा ज्ञानोदयले बोधीसत्वलाई १०-४ ले पराजित गर्यो। ज्ञानोदयको जितमा रिस्ता टिजाले चार अंक योगदान गरिन् । जुरी थपलियाको तीन अंक सहयोगमा संस्कृतिले द चाँदबागलाई १०-७ ले हरायो ।

सिनियर गर्ल्समै रिब्सले एक्सेल्सियरलाई ६-२ ले हराउँदै क्वार्टरफाइनलममा स्थान सुरक्षित गर्यो । रिब्सकी खुशी अधिकारीले पाँच अंक जोडिन् ।

सिनियर ब्वाइजमा एनआइसी एकेडेमीले निसर्ग वाटिकालाई ३७-१७ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गर्यो । एनआइसीका मिसन भट्टराईले ११ स्कोर गरे । 

सोही स्पर्धामा ज्ञानोदय बालवाटिकाले टआिइएलाई ४२-३१ तथा जेनिथले विस्डम एकेडेमीलाई ४१-४ ले पराजित गरे । ज्ञानोदयका दीपेश शाहीले २३ तथा जेनिथका अनिश गुरुङले १५ अंक जोडे ।

ब्वाइज फुटसलः एक्सेल्सियर र ग्रिनफिल्ड क्वाटरफाइनलमा

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु-१६ मा एक्सेल्सियर ‘रातो’ र ग्रिनफिल्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘डी’ को लिग खेलमा एक्सेल्सियर ‘रातो’ र ग्रिनफिल्डले १-१ को बराबरी खेले । यो नतिजासँगै एक्सेल्सियर ‘रातो’ उपविजेता र ग्रिनफिल्ड विजेताका हैसियतमा क्वार्टरफाइनलमा पुगे ।

यसैगरी निसर्ग वाटिका एक्सेल्सियर ‘नीलो’ लाई ४-० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्यो ।

यु-१२ मा सेक्रेड हार्टले काष्ठमण्डपलाई ४-०, किड्स लर्निङले रिब्सलाई २-० र न्यु एरालाई ३-० तथा रिब्सले न्यु एरालाई २-० ले पराजित गरे ।


यु-१३ मा निसर्ग वाटिकाले एलआरआइलाई २-१र एनआइसीलाई ३-२, एक्सेल्सियर ‘पहेलो’ ले काष्ठमण्डपलाई १-०, काष्ठमण्डपले एनआइसीलाई २-०, एलआरआइले एनआइसीलाई १-० तथा न्यु एराले एक्सेल्सियर ‘रातो’ लाई २-० गोलले हराए ।