सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता

सम्झना कप टेबल टेनिसः होप्सको दुवै टोली फाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । होप्स एकेडेमीको ‘ए’ र ‘बी’ दुवै टोली छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा होप्स ‘ए’ ले नेपाल एपिएफ क्लबलाई ३-१ तथा होप्स ‘बी’ ले नेपाल प्रहरी क्लबलाई ३-२ ले पराजित गरे ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबल टेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा पनि होप्स फाइनलमा पुग्न सफल भयो । होप्सले प्रहरीलाई ३-१ ले हराउँदै चीनको लान्फेङ टेबल टेनिस क्लबसँग फाइनल भेट पक्का गर्यो ।

अर्को सेमिफाइनलमा लान्फेङले स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीलाई ३-० ले स्तब्ध बनायो ।