जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिता

चीनकी अन्ना क्वार्टरफाइनलमा

काठमाडौं । चीनकी अन्ना याङ जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ अन्तर्गत गर्ल्स सिंगल्समा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगितामा अन्नाले जापानकी कोकोमी साइतोलाई ७-६( ७-२) र ६-४ ले पराजित गरिन् ।

सोही स्पर्धामा चीनकी फाङयु साङ, दक्षिण कोरियाकी सुहा ली, हङकङकी चीङ लाम लाइ, भारतकी स्निग्धाकान्त, चीनकी जि ये झाङ, जापानकी अमाने हटोरी र मंगोलियाकी मार्ता चोग्सोम्जाझ पनि क्वार्टरफाइनलमा पुगे ।

ब्वाइज सिंगल्समा चीनका यु झिया, दक्षिण कोरियाका जाइजुन किम, अमेरिकाका भेन्कत ऋषि बत्लान्की, हङकङका होङ क्यु लाउ, भारतका समर्थ सहिता, चीनका झिउयान ये, भारतका स्मित पटेल र थाइल्यान्डका पेन चरुसोर्नले क्वार्टरफाइनलमा स्थान बनाए । ब्वाइज/गर्ल्स डबल्समा सेमिफाइनल समिकरण तयार भएको छ ।