टिआइए कप बास्केटबल

टिआइए कप बास्केटबलः ग्रिनल्यान्ड र भ्याली पब्लिक च्याम्पियन

काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिक १५ औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज तथा भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बने ।

हात्तीगौडास्थित ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) को कोर्टमा आइतबार भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले एचएचसिएलाई ४०-३४ ले पराजित गर्यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले २२ अंक जोडे ।

 भ्याली पब्लिक निम्सलाई ५५-३२ ले हराउदै तेश्रो भयो । भ्याली पब्लिकका अनिमेश अधिकारीले १३ अंक जोडे ।

सिनियर गर्ल्स को उपाधि भिडन्तमा भ्याली पब्लिकले निम्सलाई ४९-२४ ले स्तब्ध बनायो । भ्याली पब्लिककी लोरिशा गौचनले २६ अंक जोडिन् ।

 एनसिसीएसलबसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १९-१३ ले हराउँदै तेश्रो भयो । एनसिसीएसकी दिभा महर्जनले ८ स्कोर गरिन् ।

ब्वाइजमा ग्रिनल्यान्डका आशुतोष केसी तथा गर्ल्समा भ्याली पब्लिककी मुस्कान गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा एचएचसिएका दिशान राई तथा गर्ल्समा निम्सकी टिना लिम्बु प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । दिशानले ७८ तथा टिनाले ३७ स्कोर गरे ।

विजेतालाई बूढानीकलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा,टिआइएका प्रिन्सिपल उत्तमराज थापा, टीआईएका लेखा प्रमुख अशोक श्रेष्ठलगायतले  पुरस्कृत गरे ।

सो अवसरमा टिआइएकी पूर्व विद्यार्थी एवं बास्केटबल खेलाडी रिन्चेन मोक्तानलाई सम्मान गरिएको थियो । रिन्चेनले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा सहभागिता जनाएकी थिइन् ।

प्रतियोगितामा ब्वाइजतर्फ १४ तथा गर्ल्सतर्फ १२ टोलीले सहभागिता जनाएका थिए ।