आइटिएफ तेक्वान्दो प्रतियोगिता

आइटिएफ तेक्वान्दो प्रतियोगिता पुस तेस्रो साता हुने

सांकेतिक तस्बिर

काठमान्डौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ र जिल्ला तेक्वान्दो संघ आइटिएफको सहकार्यमा ११ औं राष्ट्रिय जनरल चोइ स्मृति आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

आयोजकले आइतबार प्रतियोगिता पुस २० र २१ गते हुने जानकरी गराएको हो । त्रिपुरेश्रस्थित दशरथ रंगशालाको हलमा हुने प्रतियोगितामा ७ प्रदेश २ विभागिय टोली (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल) ले सहभागिता जनाउनेछन् ।

३ सय भन्दाबढी खेलाडी सहभागी हुने प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १ सय ८ कांस्य गरी २ सय १६ पदक तथा ६ वटा ट्रफीको लागि प्रतिस्पर्धा हुनेछ । विजेता खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।