नेफ-ऋत कप फुटबल प्रतियोगिता

नेफ-ऋत कप फुटबलः पिस प्वाइन्ट र न्यु एरा फाइनलमा

काठमाडौं ।  पिस प्वाइन्ट ‘ए’ र न्यु एरा सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका   छन् ।

उत्तरभेगीय शैक्षिक मञ्च र ऋत एकेडेमीद्धारा संयुक्त आयोजित प्रतियोगिताको सेमिफाइनलमा पिस प्वाइन्ट ‘ए’ ले लुम्बिनीलाई ३-० ले पराजित गर्यो । विजेताका राहुलकुमार योञ्जन रामबहादुर बुढाथोकी र अभय घिमिरेल समान १ गोल गरे ।

अर्को सेमिफाइनलमा न्यु एराले बोर्न स्काइलार्कलाई ४-२ ले हरायो । न्यु एराका पेम्बाले २ तथा अर्विन र अस्लोनले समान १-१ गोल गरे । बोर्न स्काइलार्कका अशिम नेपालीले २ गोल फर्काए । फाइनल सोमबार हुनेछ ।