फाल्गुन ८, २०८२ शुक्रबार | ०८:०४:२०
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

संरक्षण र सुनिरा च्याम्पियन

पोखरा । संरक्षणभुषण बज्रचार्य र सुनिरा थापा २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसको च्याम्पियन बनेका छन् । संरक्षण पुरुष तथा सुनिरा महिला एकलतर्फ च्याम्पियन बनेका हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा पुरुषको फाइनल संरक्षणले नेपाल नम्बर १ प्रदीप खड्कालाई २-१ को सेटमा पराजित गरे । प्रदीप पछिल्ला दुई संस्करणका विजेता हुन् ।

पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा सम्पन्न फाइनलमा पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारेका संरक्षणले दोस्रो सेट २-६ ले गुमाए । तेस्रो तथा अन्तिम सेट ७-६ (७-५) ले आफ्नो पक्षमा पारे ।

उपाधिसँगै संरक्षणले ८० हजार रुपैयाँकासाथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता  प्रदीपले ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सेमीफाइनलिस्ट ऋतिक राना र अभिनन्सु ठाकुरले जनही ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल तथा प्रमाणपत्र पाए ।

त्यस्तै महिलातर्फ सुनिराले साविक विजेता नेपाल १ अभिलाषा विष्टलाई २-१ को सेटमा स्तब्ध बनाइन् । पहिलो सेट ०-६ ले गुमाए पनि सुनिराले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट ६-१ र ६-४ ले आफ्नो पक्षमा परिन् ।

विजेता सुनिराले ८० हजार रुपैयाँ साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा उपविजेता अभिलाषाले नगद ४० हजार रुपैयाँसहित  ट्रफी, मेडल र प्रमाणपत्र पाइन् । सेमिफइनलिस्ट माहिका राना र रायना शाहले जनही ५ हजार रुपैयाँसहिछ ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

३५ वर्षमाथीको भेट्रान्स पुरुष एकलतर्फ कमल भण्डारी विजेता बनेका छन् । उनले फाइनलमा सन्तोष खत्रीलाई ७-५ र ६-४ ले पराजित गरे । उपाधि विजेता कमलले ६० हजार, उपविजेता सन्तोषले ३० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गरे।

४५ वर्ष माथीको भेट्रान्स पुरुष एकलतर्फ रोहित सुनुवारले फाइनलमा महेश श्रेष्ठलाई सुपरटाई म्याचमा हराउँदै उपाधि जिते । पहिलो सेट ५-७ ले गुमाएका रोहितले दोश्रो सेट सहज रुपले ६–१ ले जित्दै खेल बराबरीमा ल्याए । बराबरीसँगै सुपरटाईतर्फ खेल धेकिलिँदा रोहितले १०–७ को जित निकाले

विजेता रोहितले ४० हजार, उपविजेता महेशले २० हजार सेमीफाइनलिस्ट प्रदिप शाह र गोपी भट्टराईले जनही ५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

५५ वर्षमाथी पुरुष एकलतर्फ विमलकुमार गुरुङले फाइनलमा जीवन घिमिरेलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गरे । विजेता विमलले नगद रु ३० हजार, उपविजेता जिवनले १५ हजार, सेमीफाइनलिस्ट खेलाडी समिर शेरचन र थोङवाम तुलेश्वरले जनही ५ हजार रुपैयाँसहित साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा विजेतालाई प्रतियोगिता मुख्य प्रायोजक संस्था माछापुच्छ्रे बैंककी निर्देशक बन्दना केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा, कास्की खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, ट्रयाङ्क्वालिटी स्पाका प्रवन्ध निर्देशक रनिल फैजुलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सोही अवसरमा १९ औं एसियाडमा सहभागि नेपाली खेलाडीहरुलाई सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ २ सय ३ जना गरी कुल २ सय १६ खेलाडीको सहभागिता थियो ।  


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||