प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता

प्याब्सन मध्य क्षेत्रीय बास्केटबलः काठमाडौं जेभियर्स र सनसाइन फाइनलमा

काठमाडौं ।  काठमाडौं जेभियर्स र सनसाइन १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्धारा आयोजित प्रतियोगितामा काठमाडौं जेभियर्सले चैतन्यलाई २०-१२ ले पराजित गर्यो । काठमाडौं जेभियर्सका रोशन राउतले पाँच अंक जोडे । सनसाइनले अवेरनेस इन्टरनेसनल एकेडेमी  (एआइए) लाई १३-१२ ले हरायो । सनसाइनका सुवासले सात स्कोर गरे ।

सिनियर ब्वाइजमा पनि काठमाडौं जेभियर्स फाइनलमा पुग्यो । काठमाडौं जेभियर्सले एआइएलाई २२-१४ ले स्तब्ध बनायो । जितमा रोनित श्रेष्ठले नौ अंक योगदान गरे । 

फाइनलमा काठमाडौं जेभियर्सले हेम्सको सामना गर्नेछ । अर्को सेमफिाइनलमा हेमन्तको ५१ अंक सहयोगमा हेम्सले सनसाइनलाई ५१-३० ले हराएको थियो ।

सिनियर गर्ल्समा एसियन पब्लिक र इनोभेटिभ उपाधिका लागि भिड्ने भएका छन् । एसियन पब्लिकले श्रृजनशीलमाथि १३=७ को जित दर्ता गर्यो । एसियनकी सारिका बोहराले पाँच स्कोर गरिन् । 

इनोभेटिभले काठमाडौं जेभियर्सलाई २०-५ ले सहजै हरायो । इनोभेटिभकी रिद्धि घर्तीले १४ अंक जोडिन् । फाइनल बुधबार हुनेछ ।