नेफ-ऋत कप फुटबल प्रतियोगिता

नेफ-ऋत कप फुटबलः जोसेफ विजयी

काठमाडौं । जोसेफले सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगितामा मंगलबार जित निकालेको छ ।

उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्धारा संयुक्त आयोजित प्रतियोगितामा जोसेफले त्रिवेणी सदनलाई २-० गोलले पराजित गर्यो ।

चावहिल गणेशथान मैदानमा भएको अन्य प्रतिस्पर्धामा छहारी सदनले अपी ‘ए’ लाई २-०, कौशल बोर्डिङ स्कुल (केब्स) ले प्राक्सिसलाई २-० र एमसिपीएसले क्लिनटनलाई ४-३ (पेनाल्टी सुट आउटमा ) ले हराए । पशुपतिले नेबरउडबाट वाकओभर पायो ।