टिआइए कप अन्तरविद्यालय बास्केटबल

टिआइए कपः आयोजक टिआइएको मिश्रित प्रदर्शन

सांकेतिक तस्बिर

काठमाडौं । आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) ले १५ औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार मिश्रित नतिजा निकालेको छ ।

हात्तीगौडास्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजमा टिआइएको ‘ए’ ले दोहोरो जित निकाल्दा ‘बी’ टोली भने पराजित भयो । 

टिआइए ‘ए’ ले काठमाडौं भ्यालीलाई ३७-३६ तथा इम्पेरियललाई ३८-५ ले हरायो । एचएचसिएले टिआइए ‘बी’ लाई ५५-२६ ले स्तब्ध बनायो ।

सिनियर ब्वाइजमै भ्याली पब्लिकले फ्युजन एकेडेमीलाई ६९-३३ तथा बिएमसीएले मन्जरीलाई ३८-१० ले हराए ।

यसैगरी सिनियर गर्ल्समा आयोजकको दुवै टोली पराजित भएका छन् । हिमरश्मिले टिआइए ‘ए’ लाई १४-३ तथा एचएचसिएले टिआइए ‘बी’ लाई २७-५ ले पराजित गरे ।

 बूढानीलकण्ठ नगरपालिका वडा ७ का अध्यक्ष बासनारायण महर्जन र टिआइएका प्रधानाध्यापक उत्तमराज थापाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । 

प्रतियोगिताको सिनियर ब्वाइजमा १४ तथा सिनियर गर्ल्समा १२ गरी २६ टोली सहभागी छन् ।