राष्ट्रिय खेलकुद परिषद्

राखेपको भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

समितिका संयोजकहरु पत्र बुझेपछि सदस्यसचिव टंकलाल घिसिङसंग तस्विर खिचाउदै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन/ निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरिएको छ ।

सातै प्रदेशका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो । तीन सदस्यीय समितिमा राखेपका सदस्यलाई संयोजक तोकिएको छ ।

सुदूरपश्चिममा एकेन्द्र कुँवर, गण्डकीमा राजेश गुरुङ, कर्णालीमा प्रकाशकुमार कुसारी, बागमतीमा पेमा डोल्मा लामा, कोशीमा अञ्जन धमला, लुम्बिनीमा एलबी क्षेत्री, मधेश प्रदेशमा मानदेव हजारा संयोजक छन् ।

गत चैत १८ गते सम्पन्न खेलकुद पूर्वाधार नीति संवाद-२०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचानाहरुको पहिचान गर्न, राखेपअन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारको अध्ययन/ निरीक्षण गर्नुका साथै प्रदेश सरकार, स्थानिय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय गरी २१ दिनभित्र समितिले प्रतिवेदन बझाउनु पर्ने छ ।

 राखेपका सदस्यसचिव टंकलाल घिसिङले समितिका संयोजकलाई आइतबार पत्र हस्तान्तरण गरे ।