नेपाली फुटबल

चेल्सीको अर्काे हार

काठमाडौं । खराब प्रदर्शन गरिरहेको चेल्सीले इङ्लिस प्रिमियर लिगमा उल्भ्ससँग २–१ को हार बेहारेको छ ।

आइतबार राति भ्रणकारी टोली चेल्सीले खराब प्रदर्शन गर्दै आठौं हार बेहोरेको हो । १६ खेलमा ६ खेल मात्रै जितेको छ । चार खेलमा अंक बाढ्दा २२ अंकसहित दशौं स्थानमा छ । शीर्ष स्थानको आर्सनले समान खेलबाट ४० अंक जोडेको छ । समान खेलबाट उल्भ्स पनि २२ अंकका साथ ११औं स्थानमा छ ।

घरेलु मैदानमा उल्भ्सले मारियो लेमिनाको गोलबाट अग्रता बनाएको थियो । माट डोहेर्टीले इन्जुरी समयमा विजयी गोल गरेका हुन् । डेब्युट खेलाडी क्रिष्टोफर एनकुन्कुले गोल गरेपनि चेल्सीलाई खेलमा फर्काउन पर्याप्त रहेन ।

चेल्सी सन् २००० पछि पहिलो पटक लगातार चार अवे खेलमा हार बेहोरेको छ । खेलभर ३६ आक्रामण गरेपनि चेल्सी फिनिसिङमा चुकेको थियो ।

चेल्सीका प्रशिक्षक पोचिटिन्होले स्तब्धपूर्ण नतिजा रहेको प्रक्रिया दिए । ‘मलाई लाग्छ यो निकै स्तब्धपूर्ण नतिजा हो,’ उनले भने, ‘हामीले धेरै अवसर बनाएका छौं । तर, सदुपयोग भइरहेको छैन ।’