नखिपोट बास्केटबल प्रतियोगिता

नखिपोट बास्केटबलः रोयल फाइनलमा

फाइल तस्बिर

काठमाडौं । रोयल दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला यु-२३ मा आइतबार फाइनलमा प्रवेश गरेको छ । सहभागी ३ टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि रोयल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

नखिपोट युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा रोयलले कीर्तिपुरलाई ६२-३८ ले पराजित गर्यो । रोयलका छिरिङ शेर्पा र श्रृष्टि फाइजोले समान ११ स्कोर गरे ।

रोयलले सुरुआती २ क्वार्टर क्रमशः२०-५ र २४-२ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो क्वार्टर १३-१३ को बराबरीमा  सकिँदा । चौथो तथा अन्तिम क्वार्टरमा  रोयल ५-१८ ले पछि पर्यो ।

उपाधिका लागि रोयलले बूढानीलकण्ठको सामना गर्नेछ । लिगमा कीर्तिपुरलाई हराएको बूढानीलकण्ठ उपविजेताका रुपमा फाइनलमा स्थान बनाउन सफल भयो ।

पुरुषतर्फ बूढानीलकण्ठ र टाइम्स उपाधिका लागि भिड्ने भएका छन् । बूढानीलकण्ठले कीर्तिपुर ‘ए’ लाई प्रतिस्पर्धात्मक खेलमा ९८-९७ को झीनो अन्तरले हरायो । विजयी टिमका लागि तेन्जिङ शेर्पाले ३४ स्कोर गरे । 

टाइम्सले नेपाल आर्मीलाई ८५-७२ ले स्तब्ध बनायो । टाइम्सका मविन्द्र भण्डारीले २६ अंक जोडे । फाइनल सोमबार हुनेछ ।