इङ्लिस प्रिमियर लिग

ब्राइटनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार ब्राइटनविरुद्ध २-० को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनललाई जित दिलाउन गाब्रियल जिसस र काइ हाभर्टेजले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो ।

जितसँगै आर्सनलले १७ खेलमा ३९ अंक जोडेको छ । पराजय ब्यहोरेको ब्राइटन समान खेलबाट २६ अंकका साथ नवौं स्थानमा छ ।

खेलको ५३ औं मिनेटमा  जिससको गोलमार्फत आसर्नलले अग्रता लिएको थियो । निर्धारित सयम सकिन ३ मिनेट बाँकी रहँदा हाभर्टेजले गोल गर्दै आर्सनललाई २ ० के जित दिलाए । उनले एडी एनकेइटाको पासलाई पोस्टको दिशा दिएका हुन् ।

लिगअन्तर्गतकै अन्य खेलमा वेस्टहम युनाइटेडले उल्भरह्यमटनलाई ३-० तथा एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गरे ।