नखिपोट बास्केटबल प्रतियोगिता

नखिपोट बास्केटबल प्रतियोगिताः स्नोल्यान्ड विजयी

काठमाडौं ।  स्नोल्यान्डले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु-२३ बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार जित निकालेको छ ।

नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भइरहेको प्रतियोगितामा स्नोल्यान्डले बौद्ध ‘बी’ लाई ९५-६० ले पराजित गरेको हो । स्नोल्यान्डका विजयी गुरुङले २७ अंक योगदान गरे ।

पहिलो क्वार्टरमा १६-२२ ले पछि परेको स्नोल्यान्डले त्यसपछिका ३ क्वार्टर  क्रमशः ३१-१२, २७-८ र २१-१८ ले आफ्नो पक्षमा पारेको थियो ।

पुरुषकै अर्को खेलमा तेन्जिङ शेर्पाको ३३ अंक सहयोगमा बूढानीलकण्ठले बलर्सलाई ११९-९७ ले हरायो । चारै क्वार्टरमा अग्रता लिएको बूढानीलकण्ठले क्रमशः २७-१७, ४३-३३, २९-२८ र ३०-१९ को निताजा निकाल्यो ।