फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता

फेका कपः गेटवे सेमिफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । गेटवे एकेडेमी १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्धारा आयोजित प्रतियोगितामा गेटवे हाइल्यान्डलाई १-० गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । गेटवेका लक्ष्मण उप्रेतीले निर्णायक गोल गरे ।

मुलपानीमा जारी प्रतियोगितामा अक्षरिका र एकलब्य शिक्षा सदन आ-आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा पुग्न सफल भए ।

अक्षरिकाले विद्या विकास स्कुललाई २-१ गोलले हरायो । अक्षरिकाका जेनिश तामाङले १ गोल गरे भने अर्को गोल आत्माघाती थियो । विद्या विकासका अरुण मगरले १ गोल फर्काए ।

एकलब्यले गोल्डेन वडमाथि ५-० को सहज जित दर्ता गर्यो । एकलब्यका प्रवेश खड्काले ह्याट्रिक गरे भने विशेष खड्का र निरज कोइरालाले समान १ गोल थपे ।