फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले शनिबार बंगलादेशको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार राती ९ः१५ मा सुरु हुनेछ ।

तेस्रो खेल खेल्दै गरेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।  बंगलादेश आफ्नो विजयी यात्रा लगातार तेस्रो खेलसम्म पनि कायम राख्न चाहन्छ ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । बंगलादेशले माल्दिभ्स र भुटानलाई पराजित गरेको थियो ।

नेपालले आफ्नो अन्तिम लिग खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।