माघ १५, २०८२ बिहीबार | २३:४९:५४
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

युथ ओपन फाइभ के रन: मुकेश र राममाया च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राममाया बुढा युथ ओपन फाइभ के रनको च्याम्पियन बनेका छन् ।

शनिबार भएको दौडमा मुकेश पुरुष तथा राममाया महिलातर्फ च्याम्पियन बनेका हुन् ।

 मुकेशले निर्धारित दुरी १५ मिनेट २७.८ सेकेण्डमा पूरा गरे । आर्मीकै श्रीकाश राईले १६ मिनेट ०८.६ सेकेण्डको समय निकाल्दै दोस्रो तथा शुशीलकुमार शाहीले १६ मिनेट ०९.७ सेकेण्डसहित तेस्रो स्थान हासिल गरे ।

पुलिसका नागेश्वर अहिर चौंथो, एपिएफका सन्जिब नेपाली पाँचौं भए । राजेन्द्र तामाङ छैटौं, शिव रायमाझी सातौं, मिङमारसिंह तामाङ आठौं, सन्दीप ढकाल नवौं र अक्कल पाल १०औं स्थानमा रहे ।

राममायाले १८ मिनेट ५३.२७ सेकेण्डको निकालिन्। आर्मीका पुर्णलक्ष्मी न्यौपाने १८ मिनेट ५५.५० सेकेण्डसहित दोस्रो तथा एपिएफकी आशा रावतले १९ मिनेट ३९.३२ सेकेण्डको समय निकाल्दै तेस्रो भए ।

यस्तै सुमित्रा चौधरी चौंथो, सुजना पाण्डे पाँचौं,अश्मिता भुजेल छैटौं, सुशन कार्की सातौं, सोनु घतानी आठौं, बबिता राई नवौं र विमला तामाङ १०औं स्थानमा रहे ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा भएको प्रतियोगितामा दुवैतर्फका विजेताले ट्रफी, पदकसहित समान २० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै दोस्रो हुनेले १० हजार, तेस्रोले पाँच हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार प्राप्त गरे । छैटौं देखि १०औं स्थानसम्म हासिल गर्नेले समान एक हजार रुपैयाँ पाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड सुन्धारा, वीर अस्पताल, केशलमहल, नारायणहिटी संग्राहलयको दक्षिण गेट, घण्टाघर, भृकुटीमण्डप, भद्रकाली, शहीद गेट, सुन्धारा हुदै दशरथ रंगशालामै आएर सकिएको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।