चैत्र १३, २०८२ शुक्रबार | ०८:२३:५७
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

युथ ओपन फाइभ के रन: मुकेश र राममाया च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राममाया बुढा युथ ओपन फाइभ के रनको च्याम्पियन बनेका छन् ।

शनिबार भएको दौडमा मुकेश पुरुष तथा राममाया महिलातर्फ च्याम्पियन बनेका हुन् ।

 मुकेशले निर्धारित दुरी १५ मिनेट २७.८ सेकेण्डमा पूरा गरे । आर्मीकै श्रीकाश राईले १६ मिनेट ०८.६ सेकेण्डको समय निकाल्दै दोस्रो तथा शुशीलकुमार शाहीले १६ मिनेट ०९.७ सेकेण्डसहित तेस्रो स्थान हासिल गरे ।

पुलिसका नागेश्वर अहिर चौंथो, एपिएफका सन्जिब नेपाली पाँचौं भए । राजेन्द्र तामाङ छैटौं, शिव रायमाझी सातौं, मिङमारसिंह तामाङ आठौं, सन्दीप ढकाल नवौं र अक्कल पाल १०औं स्थानमा रहे ।

राममायाले १८ मिनेट ५३.२७ सेकेण्डको निकालिन्। आर्मीका पुर्णलक्ष्मी न्यौपाने १८ मिनेट ५५.५० सेकेण्डसहित दोस्रो तथा एपिएफकी आशा रावतले १९ मिनेट ३९.३२ सेकेण्डको समय निकाल्दै तेस्रो भए ।

यस्तै सुमित्रा चौधरी चौंथो, सुजना पाण्डे पाँचौं,अश्मिता भुजेल छैटौं, सुशन कार्की सातौं, सोनु घतानी आठौं, बबिता राई नवौं र विमला तामाङ १०औं स्थानमा रहे ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा भएको प्रतियोगितामा दुवैतर्फका विजेताले ट्रफी, पदकसहित समान २० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै दोस्रो हुनेले १० हजार, तेस्रोले पाँच हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार प्राप्त गरे । छैटौं देखि १०औं स्थानसम्म हासिल गर्नेले समान एक हजार रुपैयाँ पाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड सुन्धारा, वीर अस्पताल, केशलमहल, नारायणहिटी संग्राहलयको दक्षिण गेट, घण्टाघर, भृकुटीमण्डप, भद्रकाली, शहीद गेट, सुन्धारा हुदै दशरथ रंगशालामै आएर सकिएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो