विद्यालय खेलकुद

जेभियर्सलाई हराउँदै सिसीआरसी क्वार्टरफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । क्यापिटल्स कलेज एन्ड रिसर्च सेन्टर (सिसीआरसी) १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बल्खुस्थित आयोजक बर्नहार्टको कोर्टमा मंगलबार भएको प्रतिस्पर्धामा सिसीआरसीले जेभियर्स इन्टरनेसनल कलेजलाई ५४-३० ले पराजित गरेको हो। सिसीआरसीका समिप खत्रीले २७ स्कोर गरे ।

ब्वाइजमै टाइम्सले गोल्डेनगेटलाई ४५-२२ तथा एलआरआइले बर्नहार्ट ‘ए’ लाई ४२-४० ले हराए ।

यसैगरी गर्ल्समा गोल्डेनगेटले आइएमएसलाई २९-१७ ले पाखा लगायो ।