राष्ट्रपति रनिङ सिल्ड

राष्ट्रपति रनिङ सिल्डः सुदूरपश्चिम पहिलो पटक टिम च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेश १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा टिम च्याम्पियन बनेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा पहिलो पटक च्याम्पियन बनेको 

बागमती १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णालीले १० स्वर्ण, पाँच रजत र १६ कांस्य पदक हात पार्यो । आठ स्वर्ण, नौ रजत र तौ कांस्य पदक जितेको कोशी चौथो स्थानमा रह्यो ।

अघिल्ला तीन संस्करणमा च्याम्पियन बनेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्य पदकका साथ पाँचौं स्थानमा रह्यो । सात प्रदेशको सहभागिता रहेको प्रतियोगितामा ३तीन स्वर्ण, १० रजत र १३ कांस्य पदक हात पारेको  गण्डकी छैटौं तथा तनि स्वर्ण, ६ रजत र ९ कांस्य पदककासाथ मधेश सातौं भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)  सदस्यसचिव टंकलाल घिसिङलगायतले  पुरस्कृत गरे ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६८६ खेलाडी सहभागी थिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

जम्मा ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्सको छात्र÷छात्रामा समान १३, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ५ तथा भलिबल र कबड्डीको छात्र/छात्रमा समान एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।