युराेपा लिग

लिभरपुल युरोपा लिगबाट बाहिरियो

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल युइएफए युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । इटालियन सिरी ए क्लब एट्लान्टासँग समग्रमा ३–१ ले पराजित हुँदा जोर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुल प्रतियोगिता बाहिरियो ।

दोस्रो लेगमा लिभरपुल १–० ले विजयी भयो । मोहम्मद सलाहले पेनाल्टीमार्फत सातौं मिनेटमा गोल गरेका थिए । तर, एक गोल लिभरपुलको लागि पर्याप्त थिएन । टोलीलाई जितको लागि चार गोलको आवश्यकता थियो ।

क्लोपले यसै सिजन क्लब छाड्ने घोषणा गरिसक्दा लिभरपुल यसपटक उपाधि विहिन हुने देखिएको छ । टोली प्रिमियर लिग दौडको दोस्रो स्थानमा छ ।

राति नै भएको खेलबाट जर्मन बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुसन, रोमा  र मार्सेली युरोपा लिगको अन्तिम चारमा स्थान बनाएका छन् ।

अब, फाइनल प्रवेको लागि मार्सेली र एटलान्टा तथा रोमा र लेभरकुसनबीच प्रतिस्पर्धा हुनेछ ।