इमिलियानो मार्टिनेज

गोलकिपर मार्टिनेज चम्किदा एष्टन भिल्ला सेमिफाइनलमा

 

काठमाडौं । गोलकिपर इमिलियानो मार्टिनेज चम्किएपछि एष्टन भिल्ला युइएफए कन्फेरेन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब लिललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदा मार्टिनेजले दुई पेनाल्टी बचाएका थिए । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

यसअघि पहिलो लेग भिल्ला २–१ ले विजयी भएको थियो । पुनः घरेलु मैदानमा लिलले २–१ ले खेल जितेको हो । अर्जेन्टिनी विश्वकप विजेता गोलकिपर मार्टिनेजले लिलका नाविल  बेन्टालेव र बेन्जामिन आन्द्रेको प्रहार रोकेका हुन् ।

एष्टन भिल्ला सन् १९८२ पछि सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

अब, सेमिफाइलनमा भिल्लाले ओलम्पियाकोससँग तथा क्लब ब्रुग र फ्लोरेन्टिना प्रतिस्पर्धा गर्नेछन् । पहिलो लेग मे ३ र दोस्रो लेग मे १० मा हुनेछ ।