ट्वान्टी २० शृंखला

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङको निर्णय लिए। खेल १२ः१५ बजे सुरु हुनेछ ।

नेपाल शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ । यता वेस्ट इन्डिज पनि एक खेल अगाडि नै शृंखलामाथि कब्जा जमाउने सोचमा छ ।

पाँच खेलको शृंखलामा नेपाल २-१ ले पछि परेको छ । यसअघि नेपालले चार विकेट तथा वेस्ट इन्डिजले १० र ७६ रनको जित निकालेका थिए ।

नेपालले टोलीमा आठ परिवर्तन गरेको छ । विनोद भण्डारी, अनिल साह, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, करण केसी सागर ढकाल  र विवेक यादवलाई बेन्चमा राखिएको छ । 

यसैगरी रोहितकुमार पौडेल( कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप जोरा, ललितनारायण राजवंशी र प्रतिश जिसीलाई मौका दिइएको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल( कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ,गुल्सन झा, अभिनाश बोहरा, सन्दीप जोरा, ललितनारायण राजवंशी, प्रतिश जिसी