ट्वान्टी २० शृंखला

नेपाललाई पहिलो सफलता

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले एलिक एथानाजको विकेट लिएको हो ।

एथानाजलाई दोस्रो ओभरको पहिलो बलमा प्रतिश जिसीले सन्दिप जोराबाट क्याच गराए ।  उनले पाँच रन बनाए ।