कबड्डी लिगः उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

फाइल तस्विर

काठमाडौं ।  पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लब भिड्ने भएका छन् ।

नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको लिग चरणबाट आर्मी विजेता र एपिएफ उपविजेता बन्दै फाइनल पुगेका हुन् । आर्मीले चार तथा एपिएफले दुई अंक जोडे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत महिलातर्फ  नेपाल पुलिस क्लब चार अंकसाथ शीर्ष स्थानमा रहँदे फाइनल यात्रा तय गर्यो । 

फाइनलमा पुलिसको भेट एपिएफसँग हुनेछ । दुई अंक जोडेको एपिएफ उपविजेता हुँदै फाइनल पुगेको हो ।