चैत्र ८, २०८२ आइतबार | ००:०४:०६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

रवि च्याम्पियन

काठमाडौं । एमेच्योर सद्भाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा पछि पार्दै पुर्व नम्बर एक गल्फर रवि खड्का सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको च्याम्पियन बनेका छन् ।

सात वर्षपछि च्याम्पियन बनेका रविको समग्रमा यो १२औं उपाधि हो । उनले पछिल्लो पटक सन २०१७ मा सूर्य नेपाल एनपिजीए म्याच प्ले जितेका थिए ।

रविले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरे ।

लगातार दुई दिन शीर्ष स्थानमा रहेका सद्भाव अन्तिम दिन बिहिबार ६-ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाए। उनले समग्रमा १-अन्डर २ सय ७१ को स्कोर गरे ।

सद्भाव ले एमेच्योरतर्फ उपाधि जिते। एमेच्योरतर्फ समग्रमा ७-ओभर २ सय ७९ को स्कोर मा टासी छिरिङ दोस्रो भए। उनले आज ३-ओभर ७१ मा खेल सकाए।

समग्रमा १-ओभर २ सय ७३ सहित प्रोतर्फ दिनेश प्रजापति, दीपक मगर र धन बहादुर थापाले संयुक्त रुपमा दोस्रो स्थान बाँडे। दिनेशले आज ४-अन्डर ६४ को उत्कृष्ट स्कोर बनाउँदा दीपकले १-ओभर ६९ र धनले ३-ओभर ७१ को स्कोर खडा गरे। उनीहरूले समान ५१ हजार ६६५ रूपैयाँ प्राप्त गरे।

पहिलो दिनका लिडर रामे मगरले आज इभन-पार ६८ खेलेर समग्रमा ४-ओभर २ सय ७६ सहित पाँचौं स्थानमा खेल सकाउँदै ३६ हजार रुपैयाँ हात पारे।

समग्रमा ५-ओभर २ सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवन कुमार रोक्का र जयराम श्रेष्ठले संयुक्त रुपमा छैटौं स्थान बाँडे। दाबेदार भुवनले आज ८-ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौं स्थानमा खेल सकाउन बाध्य भए।

यस्तै ३–ओभर ७१ स्कोर गर्दा भुवन कुमार रोक्का र जयरामले इभन-पार ६८ मा खेल पुरा गरे। उनीहरूले २७ हजार ८७५ रुपैयाँ आफ्नो नाममा लेखाए। समग्रमा १२-ओभर २ सय ८४ को नतिजामा रमेश अधिकारीले १०औं स्थान हासिल गरे । उनले २१ हजार प्राप्त गरे । रमेशले ६-ओभर २७४ को स्कोर बनाए।

अन्तिम १८ होलको खेल सुरू हुँदा रवि सद्भाव भन्दा तीन स्ट्रोकले पछि थिए। सद्भावले लय गुमाउँदा रविले राम्रो प्रदर्शन गरे। रविले पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे। तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले। फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए।

सद्भावले पहिलो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलको डबल बोगी र आठौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। नौ होलको समाप्तीमा रविले सदभावलाई एक स्ट्रोकले पछि पारे।

खेलको टर्निङ प्वाइन्ट १०औं होल बन्यो। सदभावले टी सट जंगलमा प्रहार गरे। दोस्रो सट ओबी खेल्दा यो होलमा ट्रीपल बोगीको सामना गर्न बाध्य भए। यता रविले यही होलमा इगल प्रहार गर्दा दशौं होलको समाप्तीमा रविले सद्भावविरूद्ध ६ स्ट्रोकको अग्रता बनाए। यसपछि रविले १७औं होलमा एक सट खेर फाले भने १८औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३२ मा नै पुरा गरे।

सद्भावले १०औं होलको ट्रिपल बोगी लगतै १२औं होलमा डबल बोगी र १५औं होलमा बोगीको सामना गरे। १३औं र १४औं होलमा एक–एक सट बचाए र ब्याक नाइन ४-ओभर ३८ मा सकाए।

दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए। उनले पहिलो, चौथौं, आठौं, १०औं र १५औं होलमा बर्डी प्रहार गर्दा सातौं होलमा एक सट खेर फाले।

दीपकले पहिलो र सातौं होलमा एक-एक सट बचाउँदा पाँचौ र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि १३औं होलको बर्डी विरूद्ध १५औं र १७औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

धनले फ्रन्ट नाइन २-ओभर ३६ र ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे। यो क्रममा उनले पहिलो, ११औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरे पनि तेस्रो, आठौं र नवौं होलमा बोगी खेप्दा १०औं र १८औं होलमा डबल बोगीको सामना गरे।

७२ होलको चार दिने  प्रतियोगितामा कूल ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता  थियो।

विजयीलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, पिजीए नेपालका सल्लाहकार घनश्याम थापा, आरएनजीसीका अध्यक्ष मधुकर याकथुम्बा, क्याप्टेन मिथुन राई र कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो