अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

हङकङ जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौं । नेपाल  क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक शृंखला खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ ।

नेपाली टोली बिहीबार राति साढे ११ बजे हङकङ प्रस्थान गर्नेछ ।

नेपाली टोलीमा ‘ए’ टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, रासिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २०  शृंखला हुनेछ । नेपालले शृंखलाको पहिलो खेल फागुन २७ मा हङकङविरुद्ध खेल्नेछ ।

यसैगरी फागुन २९  मा नेपाल र  पवुवा न्युगिनी भिड्नेछन् । लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबीच फागुन ३० मा उपाधि भिडन्त हुनेछ । 

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा ।