फेन्सिङ

महिला फेन्सिङ टिम इभेन्ट्स फोइलमा एपिएफले जित्यो स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फेन्सिङमा फोइलको टिम इभेन्टमा एपिएफ क्लबलले स्वर्ण पदक जितेको छ । पोखरास्थित ब्याडमिन्टन हलमा बिहीबार भएको फाइनलमा बागमती प्रदेशलाई ४६–३२ को नतिजामा पराजित गर्दै विभागीय टिमले स्वर्ण जितेको हो ।

सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४५–४१ मा पराजित गर्दै बागमती फाइनलमा पुगेको थियो । यस्तै, गण्डकी प्रदेशविरुद्ध ४५–१५ को फराकिलो जित निकाल्दै एपिएफले फाइनल यात्रा तय गरेको थियो ।

एपिएफको स्वर्ण विजेता टिममा अनिता अधिकारी, उर्मिला माझी, मनिष राई र मन्दिरा थापा छन् । यस्तै, रजत विजेता बागमती प्रदेशको टिममा गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगिता लम्साल छन् ।

कास्य पदक विजेता आर्मीको टिममा कल्पना मगर, रमा सिंह र मनिषा थापा छन् । अर्को कास्य विजेता गण्डकीको टिममा दीपिशा गुरुङ, अस्मिता मगर, सुबिना मगर र मिरा पुन छन् ।

फेन्सिङमा बागमती प्रदेशले चार स्वर्ण पदक जितेको छ । यस्तै, त्रिभुवन आर्मीले तीन तथा एपिएफले दुई र सुदूरपश्चिम प्रदेशले एक–एक स्वर्ण पदक जितेका छन् ।