पुरुष फुटबल

पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुआत

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विजयी शुरुआत गरेको छ । पोखराको याम्दीस्थित गोष्टेघाट खेलमैदानमा बिहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गर्यो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे । संजोगले नवौं मिनेटमा गोल गर्दै एनआरएनएलाई अग्रता दिलाएका थिए । खेल समयमा सुरु हुन नसकेका कारण दुवै हाफ ३५-३५ मिनेटमा घटाइएको खेलको ४५औं मिनेटमा विमलले दोस्रो गोल गरेका थिए ।

यो पनि: एनआरएनको टोलीमा नेपाली खेलाडी भएकोमा प्रदेश एकको आपत्ती, प्रदेशको टोली नपुग्दा समयमा खेल सुरु भएन

आजै हुने दोस्रो खेलमा बागमती र मधेश प्रदेश आमने-सामने हुनेछन् ।