वैशाख २८, २०८२ आइतबार | ११:०९:४५
एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा

आर्मीलाई फेन्सिङमा चौथो स्वर्ण, पुरुष टिम सेबरमा पहिलो स्थान

च्याम्पियन टोली अतिथिहरुसँग सामूहिक तस्बिरमा । तस्बिर: केशव कटुवाल/खेलाडी

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बिहीबार फेन्सिङमा चौथो स्वर्ण पदक जितेको छ ।

यसअघि तीन स्वर्ण पदकमा नाम लेखाइसकेको आर्मीले पोखरा रंगशाला परिसरमा रहेको ब्याड्मिन्टन हलमा सिनियर पुरुष टिम सेबरको फाइनलमा बाग्मतीलाई ४५–२४ को नतिजामा निराश पार्दै पहिलो स्थान हासिल गरेको हो ।

स्वर्ण पदक जित्ने आर्मीको टोलीमा रघुबहादुर चन्द, उपेन्द्र शाही, मनिष थापा र नुर थापा मगर छन् । यसैगरी शास्वत परियार, अमिर रायामाझी, स्वयेब श्रेष्ठ र पायस योन्जन सम्मिलित बाग्मतीको टिमले रजत पदकमा चित्त बुझायो ।

राजेन्द्र गजुरेल, खेमराज खत्री र प्रकाश कुँवर सम्मिलित एपिएफ र खुसिमान गुरुङ, सुजन गुरुङ र सुकराज सुनार रहेको गण्डकीको टिमले कांस्य पदक हात पारे ।

यससँगै फेन्सिङका कुल १२ मध्ये ११ स्वर्ण पदकको टुंगो लागिसकेको छ । बिहीबारै केही बेरअघि सम्पन्न फाइनलमा बाग्मतीलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको थियो ।

बुधबार तेस्रो दिन बाग्मती प्रदेशले महिला टिम सेबर र पुरुष टिम फोइल तथा आर्मीले महिला टिम इपीमा स्वर्ण पदक जितेका थिए ।

फेन्सिङ प्रतियोगिताको दोस्रो दिन मंगलबार पुरुष सेबरमा एपिएफका राजेन्द्र गजुरेल, महिला फोइलमा आर्मीकी रमा सिंह र पुरुष इपीमा बाग्मतीका ओमकार सिंहले स्वर्ण पदक जितेका थिए ।

पहिलो दिन सोमबार बाग्मतीकी शिक्षा नापित, नेपाली सेनाकी इन्दिरा पौडेल र सुदूरपश्चिमका जलिन्द्र शाहीले स्वर्ण पदक जितेका थिए ।

अहिलेसम्म फेन्सिङबाट बाग्मती र आर्मीले सर्वाधिक चार/चार स्वर्ण पदक जित्दा एपिएफले दुई तथा सुदूरपश्चिमले एक स्वर्णमा नाम लेखाएका छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP