पुस २४, २०८२ शुक्रबार | १०:२९:२४
रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी

सानदार जितसहित गोदावरी सेमिफाइनलमा

काठमाडौं । बागमती गाउँपालिकाविरुद्ध ७-० को एकतर्फी जित निकाल्दै आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबारको जितसँगै तीन खेलमा सात अंक जोडेको गोदावरी समूह  ‘ए’ को विजेता बन्यो । तीनै खेलमा हार बेहोरेको बागमती अंकविहिन बन्यो ।

ललितपुर महानगरपालिकासँग समान अंक रहे पनि गोदावरी गोल अन्तरमा अगाडि रह्यो । ललितपुरले शनिबारै च्यासल मैदानमा सम्पन्न महालक्ष्मी नगरपालिकाविरुद्ध १-० को जित दर्ता गरेको थियो । दुवै टोली समूह चरणबाटै बाहिरिए ।

यसअघि गेदावरीले महालक्ष्मीलाई ६-१ ले पराजित गर्दा ललितपुरसँग १-१ को बराबरी खेलेको थियो । बागमती ललितपुरसँग ७-३ तथा महालक्ष्मीसँग ५-१ ले पराजित भएको थियो ।

गोदावरी-१० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा गोदावरीलाई जित दिलाउन अरुण लामाले चार, अनिल बम्जन लामाले दुई र सायर तामाङले एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा अरुणको गोलमार्फत गोदावरीले अग्रता लिएको थियो । चार मिनेटपछि नै अनिलले टोलीको अग्रता दोब्बर बनाए ।

अरुणले २७ र ३२औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे ।  यसअघि उनले महालक्ष्मी नगरपालिकाविरुद्ध चार गोल गरेका थिए ।

सायरले ३७औं मिनेटमा गोल गर्दा गोदावरी ५० ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा अरुणले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गरे ।

इन्जुरी समयमै अनिलले व्यक्गित दोस्रो गोल गर्दा गोदावरीको अग्रता ७-० मा पुग्यो । दोस्रो हाफमा भने गोल निस्कन सकेन ।

सेमिफाइनलमा गोदावरीले दक्षिणकाली नगरपालिकाको सामना गर्नेछ । दक्षिणकाली समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनल पुगेको हो । 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA