फाल्गुन २५, २०८२ सोमबार | ११:३६:४५
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

सानदार जितसहित गोदावरी सेमिफाइनलमा

काठमाडौं । बागमती गाउँपालिकाविरुद्ध ७-० को एकतर्फी जित निकाल्दै आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबारको जितसँगै तीन खेलमा सात अंक जोडेको गोदावरी समूह  ‘ए’ को विजेता बन्यो । तीनै खेलमा हार बेहोरेको बागमती अंकविहिन बन्यो ।

ललितपुर महानगरपालिकासँग समान अंक रहे पनि गोदावरी गोल अन्तरमा अगाडि रह्यो । ललितपुरले शनिबारै च्यासल मैदानमा सम्पन्न महालक्ष्मी नगरपालिकाविरुद्ध १-० को जित दर्ता गरेको थियो । दुवै टोली समूह चरणबाटै बाहिरिए ।

यसअघि गेदावरीले महालक्ष्मीलाई ६-१ ले पराजित गर्दा ललितपुरसँग १-१ को बराबरी खेलेको थियो । बागमती ललितपुरसँग ७-३ तथा महालक्ष्मीसँग ५-१ ले पराजित भएको थियो ।

गोदावरी-१० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा गोदावरीलाई जित दिलाउन अरुण लामाले चार, अनिल बम्जन लामाले दुई र सायर तामाङले एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा अरुणको गोलमार्फत गोदावरीले अग्रता लिएको थियो । चार मिनेटपछि नै अनिलले टोलीको अग्रता दोब्बर बनाए ।

अरुणले २७ र ३२औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे ।  यसअघि उनले महालक्ष्मी नगरपालिकाविरुद्ध चार गोल गरेका थिए ।

सायरले ३७औं मिनेटमा गोल गर्दा गोदावरी ५० ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा अरुणले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गरे ।

इन्जुरी समयमै अनिलले व्यक्गित दोस्रो गोल गर्दा गोदावरीको अग्रता ७-० मा पुग्यो । दोस्रो हाफमा भने गोल निस्कन सकेन ।

सेमिफाइनलमा गोदावरीले दक्षिणकाली नगरपालिकाको सामना गर्नेछ । दक्षिणकाली समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनल पुगेको हो । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||