माघ १५, २०८२ बिहीबार | २०:०६:११
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

रुपेश जैसवाल च्याम्पियन

प्रतियोगिताका शीर्ष तीन लगातयत ।

काठमाडौं । प्रभु महालक्ष्मी दोश्रो कोप ओपन र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले जितेका छन् ।

रुपेश ९ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बने ।  राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको प्रतियोगिताको विजेता रुपेशले  १० लाख बराबरको आवधिक जीवन बिमा, ४० हजार रुपैयाँ ट्रफी,  पदक जिते ।

उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, महासंघका अध्यक्ष ओमदेवी मल्ल, प्रभु महालक्ष्मी जीवन विमाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सम्पन्न दुई दिने प्रतियोगितामा समान ८ अंक जोडेका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै उपविजेता बने । उनले  ७ लाख बराबरको आवधिक बिमा २५ हजार रुपैयाँ र पदक प्राप्त गरे ।

यस्तै अन्य आठ जना खेलाडीले समान ७ अंक जोडेर शीर्ष दशौं स्थान ओगटेका छन्। जसमा सिएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ प्वाइन्टका साथ तेश्रो स्थान प्राप्त गरेका छन् ।  उनले ५ लाख बराबरको जीवन बिमा, १५ हजार रुपैयाँ र पदक हात पारे ।

प्रतियोगितामा प्रकाशचन्द्र नेपाल, आशिष फुयाल, भारतीय खेलाडी आशुतोषकुमार यादव, हर्कबहादुर चोङ्वनङ, धिरेन राई, अशोक मोहन श्रेष्ठ र शैलेन्द्र न्यौपाने क्रमशः चौथो देखि १०औं स्थानमा रहे ।

यसैगरी महिलातर्फ ५.५ अंकसहित शान्ति धिमाल च्याम्पियन बनेकी छन् । उनले ७ हजार प्राप्त गरेकी छिन्। यस्तै ५ अंक जोडेकी बिनिता कपालीले  हँुदै ६ हजार र तेस्रो स्थानमा रहेकी सिन्दिरा जोशीले ५ हजार प्राप्त गरे ।

उत्कृष्ट नव प्रवेश खेलाडीमा स्पर्श अर्याल, सिनियर खेलाडीमा बद्रीलाल नेपाली, १८ सय रेटिङमुनिमा सुरज सिंह, १६ सय रेटिङमुनिमा उज्वल दहाल, युवा १६ वर्षमा सुभनदीप थापा, युवा १४ वर्षमा हार्दिक पन्त, बिमामा गोविन्द नेपाल र  सहकारीमा रामशरण तिमल्सिना उत्कृष्ट बहरिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।